काठमाडौं उपत्यकामा १ सय १९ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ३० साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय १९ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंका ८३, ललितपुरका ३० र भक्तपुरका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आजको सहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या १६९७ पुगेको छ।

काठमाडौंमा १३६१, ललितपुरमा २२१ र भक्तपुरमा ११५ संक्रमित पुष्टि भएका छन्।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here