एनआईसीको अफर: बुबाको मुख हेर्नेदिन कार्डमार्फत उपहार खरिदमा ३० प्रतिशतसम्म छुट

काठमाडौं, १ भदौं । एनआईसी एशिया बैंकले कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी बुबालाई उपहार किन्दा ३० प्रतिशतसम्म छुटको योजना ल्याएको छ ।

बैंकले कुशे औंसीका दिन विभिन्‍न सामग्री खरिद गर्न देशका विभिन्‍न १४ वटा मर्चेन्टहरूसँग समझदारी गरी ३० प्रतिशतसम्म छुट योजना ल्याएको जनाएको छ ।

ग्राहकले उक्त विशेष दिनमा सामग्री खरिद गरी बैंकको मोबाइल बैंकिङ र कार्ड (डेबिट तथा क्रेडिट) बाट कारोबार रकम भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्ने जनाइएको छ ।

बैंकसँग सो अवधिमा आबद्ध भएका विभिन्‍न १४ वटा मर्चेन्टमार्फत विभिन्‍न इलेक्ट्रोनिक सामग्रीहरू, कपडा, केक, मिठाईलगायत सामग्रीहरू उक्त छुटमा खरिद गर्न सक्नेछन् ।

यस बैंकका मोबाइल बैंकिङ र कार्ड (डेबिट तथा क्रेडिट) प्रयोगकर्ता महानुभावहरूले सीजी डिजिटल, एलजी लाइफस्टाइल सप्पी, होटल र्‍याडिसन, त्रिवेणी ग्रुप, ८ डिग्री, केटीएम सिटी, कृष्ण पाउरोटीलगायत मर्चेन्टबाट सामग्री खरिद गर्दा लागत मूल्यको ३० प्रतिशतसम्म छुट उपलब्ध गराउने गरी बैंकले समझदारी गरेको जनाएको छ ।

बैंकले आफ्ना मोबाइल बैंकिङ वा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्तालाई देशभरका २,५०० वटाभन्दा बढी अस्पताल, होटेल तथा रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको जनाएको छ ।

सम्बन्धितः

एनआईसी एशियाको सुपर चमत्कारिक कर्जाको फाइदा जाँच्न ‘लोन बेनिफिट क्यालकुलेटर’

कर्मचारी सञ्चय कोष र एनआईसी एशिया बैंकबीच समझदारी

एनआईसी एशिया बैंकको खातामा पैसा जम्मा गर्न यसरी भर्नुहोस् अनलाईनबाटै भौचर

एनआईसी एशिया बैंकको ऋणीलाई व्याज छुटको आकर्षक योजना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here