फानी आँधिकै समयमा जन्मिएको बच्चाको नाम नै “फानी”

ओडिसा । विनासकारी आँधि फानीका कारण शुक्रबार भारतको ओडिसा राज्य नराम्रोसँग प्रभावित भयो । त्यति मात्र होइन, तटीय क्षेत्रमा आएको तुफानी आँधिले भारत, बंगलादेश र नेपालमा समेत प्रभाव देखियो ।

तिब्र गतिमा आएको आँधिकै कारण ठूलो वर्षा पनि भयो । यस आँधिको केन्द्र चेन्नईबाट ८१० किलोमिटर दक्षिणपूर्वी इलाका भएको बताइएको छ ।

आँधिले भारतको ओडिसासहित कोलकत्ता पनि नराम्रोसँग प्रभावित भयो ।

यसैबीच भारतको भुवनेश्वरमा एक महिलाले फानी आँधि आइरहेकै समयमा एक बच्चीको जन्म दिइन् । परिवारले उनको नाम फानी राखेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

३२ वर्षिय ती महिलाले रेल्वे हस्पिटलमा ती बच्चीलाइ जन्म दिएकी थिइन् । उनी रेल्वेकै कर्मचारी भएको बताइएको छ ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here