पछिल्लो २४ घण्टामा थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा १३ हजार ४ सय ६१ जनाको पीसीआर परीक्षणमा १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १७ हजार ५ सय ८० पुगेको छ।

कुल संक्रमितमध्ये ११४ जनाको मृत्यु भएको छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here