कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु, मृतकको संख्या ११४ पुग्यो

फाइलफोटो

काठमाडौं, २ भदौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएको जानकारी दिए।

प्रवक्ता गौतमका अनुसार कोरोनाको संक्रमणबाट काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीमा एक–एक जना पुरुष तथा तनहुँकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here