काठमाडौंमा उपत्यकामा निषेधाज्ञा घोषणाको तयारी

फाइलफोटो

काठमाडौं, २ भदौ । स्थानीय प्रशासनले बुधबार रातीबाट लाग हुने गरी काठमाडौं उपत्यकामा निषेधाज्ञा घोषणाको तयारी गरेको छ ।

कोरोना भाइरसको महामारीबाट आज सबैभन्दा बढी संख्यामा संक्रमित पुष्टी भएसँगै काठमाडौंमा मानिसहरुको आवतजावत रोक्नु पर्ने निष्कर्षमा सरकार पुगेको हो । सोही अनुसार काठमाडौं उपत्यकामा पुनः निषेधाज्ञा घोषणा गरिने भएको छ ।

काठमाडौं उपत्यकाभर कम्तिमा एक साता निषेधाज्ञा घोषणा गर्ने तयारी छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाउने गरी स्थानीय प्रशासनले तयारी गरेको हो ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले बुधबारबाट लागु हुने गरी एक साताका लागि निषेधाज्ञा लगाउने तयारी गरेको हो । यद्दपी यसको घोषणा भइसकेको छैन ।

निषेधाज्ञा जारी भएपछि अत्‍यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिनेछ । यस पटक आवागमन कडाई गरी सडकमा समेत मानिसहरुलाई आवतजावत गर्न नदिने तयारी गरिएको छ ।

काठमाडौं उपत्यकामा आज मात्र २ सय भन्दा बढी संक्रमित भेटिएका छन् । आज काठमाडौंसहित देशभर सर्वाधिक संख्यामा कोरोना संक्रमण पुष्टी भएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here