भक्तपुरकी कोरोना संक्रमित एक महिलाको मृत्यु

काठमाडौं, ३ भदौं । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

पाटन अस्पतालमा उपचाररत ६१ वर्षीया महिलाको बुधबार विहान निधन भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

गत साउन २१ गते पाटन अस्पतालमा भर्ना भएकी उनी भक्तपुर सूर्यविनायककी बासिन्दा रहेको विज्ञप्तिमा उल्लेख छ।