राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै

काठमाडौं, ३ भदौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ। पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्न लागेको हो ।

नेपाल सरकारका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विहान १० बजे घिमिरे निवास लैनचौरमै पुगी राष्ट्रिय झण्डा ओढाउने कार्यक्रम छ।

राष्ट्रकवि घिमिरेको १०१ वर्षका उमेरमा मंगलबार साँझ लैनचौरस्थित निवासमा निधन भएको थियो ।

गत असोजमा १०१ वर्ष पूरा भएर १०२ वर्ष लागेका थिए । वि।सं। १९७६ असोज ७ गते जन्मिएका घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल कवि र गीतकार थिए ।

बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख प्रबन्धजस्ता अनेकौं विधा–उपविधाहरुमा निरन्तर कलम चलाउँदै आएका थिए। उनलाई ‘राष्टकवि’ को उपाधिले सम्मान गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here