सुनको भाउमा पुन: गिरावट, बिहीबारको मूल्य कति ?

काठमाडौं, ४ भदौं । नेपाली बजारमा बिहीबार सुन चाँदीको भाउ घटेको छ ।

बुधबार तोलाको १ लाख ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ १६ सय रुपैयाँले घटेर आज ९८ हजार ८ सय रुपैयाँमा आईपुगेको छ ।

तेजावी सुनपनि आज तोलामा १६ सय रुपैयाँले नै घटेर ९८ हजार ३ सय रुपैयाँमा आईपुगेको छ ।

चाँदीको भाउमा पनि तोलामा २० रुपैयाँले गिरावट आएको छ ।

महासंघले आजका लागि चाँदीको भाउ तोलाको १३ सय ६० रुपैयाँ कायम गरेको छ । बुधबार तोलाको १३ सय ८० रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here