ट्राफिक महाशाखाका १७ प्रहरीमा कोरोना संक्रमण

काठमाडौं, ४ भदौं । महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत थप १७ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

क्वारेन्टिनमा राखेर परीक्षण गराएका प्रहरीको कोरोना रिपोर्ट पोजेटिभ आएको महाशाखाले जनाएको छ ।

उनीहरु पहिले नै कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्। उनीहरु ड्युटीमा नखटिएका प्रहरी स्रोतले जनाएको छ । उनीहरुको बिहीबार रिपोर्ट आएको हो ।

ट्राफिक प्रहरीका एक जना उच्च अधिकृतका अनुसार संक्रमित प्रहरीलाई क्वारेन्टिनमा राखिएको छ ।

यसअघि पनि महाशाखाका दुई जनालाई संक्रमण देखिएपछि एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जना क्वारेन्टिनमा बसेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here