निषेधाज्ञामा देखिएको काठमाडौंका सडक (फोटोफिचर)

काठमाडौं, ४ भदौं । निषेधाज्ञाको पहिलो दिन काठमाडौं उपत्यकाका अधिकांश सडक सुनसान देखिएका छन् ।

निषेधाज्ञाको कारण बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकामा मानिसहरुको आवत जावत न्युन छ। भित्रि बाटोका पसलहरु भने खुल्ला नै रहेको छ ।

सडकमा प्रहरीको संख्या बढाइएको छ। सडकमा गुड्ने सवारी साधन र अत्यावश्यक काममा पैदल हिँड्नेसँग पनि प्रहरीले सोधपुछ गरेर मात्र छाड्ने गरेका छन्। ठाउँठाउँमा प्रहरीले माइकिङ गर्दै निषेधाज्ञाको पालना गर्न अपिल गरिरहेको छ।

त्यस्तै काठमाडौं उपत्यकामा निषेधाज्ञाको समयमा निस्किएका ८९३ सवारीसाधन ट्राफिक प्रहरीले सडकमै होल्ड गरेको छ ।

स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोडेको आरोपमा ६९८ मोटरसाइकल र १९५ चारपाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिएर होल्ड गरेको हो ।

ट्राफिक प्रहरीले होल्ड गरेको सवारी साधान साँझ ८ बजेपछि मात्र सवारी धनिले फिर्ता पाउँछन् ।

होल्ड गरिएकामा चारपांग्रे सवारी भन्दा दुईपांग्रे सवारी धेरै छन् ।

यो पनि ।

निषेधाज्ञा: उपत्यकाको चहलपहल ठप्प, उलंघन गरे १ महिना कैद, पाँचसय जरिवाना

उपत्यकामा सात दिन निषेधाज्ञा, के गर्न पाइन्छ, के पाइँदैन ? (निर्णय सहित)

तस्विर: सपना पौडेलको फेसबुकबाट

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here