थप ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ४ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा ११ हजार ८ सय ३२ जनाको पीसीआर परीक्षणमा ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ सय ६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १७ हजार ९ सय ६४ पुगेको छ।

कुल संक्रमितमध्ये १२६ जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here