कोरोना संक्रमणबाट काठमाडौंकी एक महिलासहित थप ६ जनाको मृत्यु

प्रतिकात्मक तस्बिर

काठमाडौं, ४ भदौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसारबाट काठमाडौंकी एक महिलासहित थप ६ जनाको मृत्यु भएको जानाकारी दिए ।

पर्सामा एक महिलासहित तीन जना, काठमाडौंमा एक महिला, मकवानपुर र सप्तरीमा एक–एक जना पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here