बीमाको प्रिमियम बुझाउने समय भदौ १५ गतेसम्म थप

काठमाडौं, ४ भदौ । बीमा समितिले प्रिमियम बुझाउने समय भदौ १५ गतेसम्म थप गर्न जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

बुधबार रातिदेखि भदौ १० गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भएसँगै त्यस अवधिसम्ममा तिर्नुपर्ने प्रिमियम तिर्ने समय भदौ १५ गतेसम्म थप गर्न समितिले निर्देशन दिएको हो ।

यससँगै अब निषेधाज्ञा अवधिभित्र गर्नुपर्ने बीमालेख नवीकरण बापतको प्रिमियम भदौ १५ गतेसम्म हुने भएको छ । यो अवधिमा कुनै पनि बीमा कम्पनीले प्रिमियम शुल्कमा ब्याज तथा हर्जना लिन पाउने छैनन् ।

यस्तै, समितिले बीमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरणको समय भदौ मसान्तसम्म थप गरेको छ ।

यस्तै निर्जीनन बीमकले तत्काल सृजना हुने दाबी भुक्तानीको लागि विद्युतीय माध्यमबाट निवेदन पाएमा निषेधाज्ञाको अवधि सकिएपछि तत्काल सर्भेयर खटाइ क्षतिको यकिन गर्ने व्यवस्थालाई निरन्तरता दिन पनि निर्देशन दिएको छ

बीमा समितिले निषेधाज्ञाको समयमा पनि बीमा कम्पनीहरुलाई एक तिहाई कर्मचारीद्वारा सेवाग्राहीलाई सेवा दिन निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here