दोधारा चाँदनीमा भेला, जमघट गर्न प्रतिबन्ध

दोधारा, ४ भदौं । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै माहाकाली नगरपालिका क्षेत्रमा आउदै गरेका चाडपर्वमा सामूहिक भेला र जमघट हुने कार्यलाई पूर्ण रुपमा निषेध गरेको छ ।

कोरोना भाइरस संक्रमण बढ्न सक्ने भन्दै हरितालिका तीजर गौरा पर्व लगायतका अन्य चाडपर्वमा सार्वजनिक स्थलहरुमा सामुहिक रुपमा भेला र जमघट हुने कार्यमा पूर्ण रुपमा रोक लगाएको हो ।

‘विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण रोकथाम कार्यमा सहयोगार्थ तीज, गौरा आदि जस्ता सांस्कृतिक पर्बहरुमा भिडभडाका भई रोग फैलिने सम्भाबना भएकोले यस्ता पर्बहरुमा भिडभडाका नगरी सबैले आ—आफ्नै घरमा बसी सांस्कृतिक पर्बहरु मनाउन सम्पुर्ण नगरबासीहरुमा जानकारी गरिन्छ ।’

माहाकाली नगरपालिका कार्यालयको जारी सुचनामा भनिएको छ् । चाडपर्वहरुमा आ–आफनो घरमा रही जनस्वास्थ्यका मापदण्डहरु पालना गरेर परिवारका सदस्यहरु संग मात्रै मनाउन पाउने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको निर्णय अनुसार माहाकाली नगरपालिका क्षेत्रमा पनि सोही बमोजिम कार्य गर्न सबैलाई अनुरोध गरिएको माहाकाली नगरपालिका नगर प्रबक्ता दिल बहादुर सिजालीले जानकारी दिएका छन् ।

कहि कतै यस्ता क्रियाकलापहरु कोही कसैबाट उल्लंघन भए गरेमा संक्रमक रोग ऐन २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारवाही हुने उनको भनाई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here