सिन्धुपाल्चोकको लिदी पहिरो: मृतकको संख्या ३२ पुग्यो, सात अझै बेपत्ता

सिन्धुपाल्चोक ,६ भदौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा साउन ३० गते गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ।

आज ३५ वर्षीया सानोकान्छी दोङ र उनकी ४ वर्षीया छोरी करिस्माई दोङको शव भेटिएपछि मृतकको सङ्ख्या ३२ पुगेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए।

पहिरामा बेपत्ता अन्यको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा खोजी भइरहेको प्रहरीले जनाएको छ। पहिरामा ३७ घर क्षति भएका र ३९ जना बेपत्ता भएका थिए। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here