काठमाडौं उपत्यकामा २ सय १६ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ६ साउन । काठमाडौं उपत्यकामा थप २ सय १६ जनामा कोरोना भाइरसको संक्रमण भेटिएका छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा १ सय ६०, ललितपुरमा ५ र भक्तपुरमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै काठमाडौंमा २४८६, ललितपुरमा ३९८ र भक्तपुरमा २४५ संक्रमित पुष्टि भएका छन् । यो सँगै काठमाडौं उपत्यकाको कुल संक्रमितको संख्या ३०९७ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here