दोधारा चाँदनी बढ्दो सडक दुर्घटना: देखावटी दुर्घटना न्युनिकरण अभियान

पप्पु गुरुङ्ग, दोधारा ६ भदौं । पछिल्लो समय माहाकाली नगरपालिकामा सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढेको छ । लगातार दुईजनाले ज्यान गुमाएका छन् ।

सडक दुर्घटनाको प्रमुख कारण सवारी चालकको चरम लापरबाही बिहिवार र शुक्रवार गरि छुट्टै माहाकाली नगरपालिका क्षेत्रमा २ जना युवकको सडक दुर्घटनामा परि ज्यान गएको छ् ।

शुक्रवार माहाकाली नगरपालिका वडा नं. ६ मुल सडक खण्डमा मोटरसाईकल एक आपसमा ठोक्किँदा माहाकाली नगरपालिका वडा नं। १ बस्ने वर्ष अन्दाजी १९ का सागर बमको मृत्यु भएको भएको छ ।

मोटरसाईकलमा सवार माहाकाली नगरपालिका १० अन्दाजी वर्ष २० का कुमार बुढाको खुट्टा भाँचिएर गम्भिर घाईते भई उनको उपचार कैलाली स्थित एक अस्पतालमा उपचार भईरहेका छन् ।

भारतिय नम्वर प्लेटको युके ०६ ए एफ ८४२६ को भारतिय नम्वर प्लेटको मोटरसाईकलको युके ०६ ए ०६ ए ५८१२ एक आपसमा ठोक्किँए सागर बमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै बिहिवार माहाकाली नगरपालिका वडा नं. ३ जगदिश टोलमा मोटरसाइकल रुखमा ठोक्किँए माहाकाली नगरपालिका वडा नं. ३ निवासी वर्ष अन्दाजी वर्ष २२ का गगन सुनारको मृत्यु भएको हो ।

उनि संग मोटरसाईलकमा सवार सोही वडाका वर्ष अन्दाजी २३ का करन बुढालाई गम्भिर चोट आएको छ् । उनि उपचारकै क्रममा रहेका छन् ।

माहाकाली नगरपालिकामा अनियन्त्रीत मोटरसाईकल गुडाउदा सडक दुर्घटना बढ्दै गएको स्थानियहरुको भनाई रहेको छ् ।

माहाकाली नगरपालिकामा बिभिन्न संघ संस्था तथा गैरसरकारी संस्था तथा प्रहरीले गर्दै आएको सडक दुर्घटना सचेतना अभियान देखावटी भएको हिजो र अस्ती भएको सडक दुर्घटनाको ज्वलन्त उदाहरणहरु हुन् ।

कञ्चनपुर प्रशासनले गरेको लकडाउनमा सडक दुर्घटना हुनु प्रशासनको लागी प्रश्न चिन्ह हो ।

सडक दुर्घटनाको प्रमुख कारण चालकले क्षमता भन्दा बढि यात्रु राख्नु, मदिरा पिएर सबारी चलाउनु, समयमा सवारी जाँच तथा मर्मत नगर्नु, अब्यबस्थित रुपमा सडकमा छाडिएका पशु चौपायाहरु छोड्नु, सिकार ब्यक्तिलाई गाडीको जिम्मा लगाएर चालकले गाडीमा ध्यान नदिनु, सडकको अवस्थालाई ध्यान नदिएर मनपरी रुपमा सबारी हाक्नु, साँघुरा घुम्ती, सवारीहरुको प्रतिस्पर्धा र जीर्ण सडक, एउटै चालकले निरन्तर गाडी चलाउनु यि त सडक दुर्घटनाका केही कारण तथा उदाहरण मात्र हुन ।

माहाकाली नगरपालिकामा मुल सडक खण्डमा सडक दुर्घटना बढ्दै गएको बेला सरोकारवालालाई जानकारी भईरहदा सडक दुर्घटना रोक्न पहल नगर्नु आफैमा सर्मनाक बिषय हो ।

वास्तवमा माहाकाली नगरपालिकामा सडक दुर्घटनाहरु बढिरहेका छन् तर यसको न्युनिकरणमा सम्बन्धित निकायको ध्यान गएको देखिदैन् ।

रातीको समयमा मदिरा सेवन गरि हल्ला गर्दै मोटरसाईकल माहाकाली नगरपालिकाको मुल सडकमा कुदाउनको युवाहरुको कमी छैनन् ।

मध्यरातीको समयमा यसरी मोटरसाईकलमा मान्छे कोचेर मदिरा सेवन गर्दै हिड्नेहरुलाई स्थानिय प्रशासनले कार्वाहीको दायारामा लिने कि नलिने ? सडक सबारी दुर्घटना न्युनिकरणको कुनै ठोस निर्णय र घटनाका दोषिलाई कडा कारवाही तथा पीडितले न्याय पाउने कुनै पहल भएको बिगतका दिनहरुमा पाईदैन् ।

भैहाले पनि क्षतिपुर्ति बापतको रकमले केही टिको टुङ्गो लाग्दैन उल्टै पिडितको घाउ बल्झाउने काम मात्र भएको पाईन्छ् । त्यसको सहि कार्यान्ययन भएको अवस्था छैन् ।

सवारी चालकहरु सवारी चलाउदा गैरजिम्मेवार भएकै कारणले दुर्घटना बढेको अवस्था छ् । माहाकाली नगरपालिकाका अधिकांश स्थानमा प्रहरीद्वारा सवारी चेक जाँच, मादक पदार्थ सेवन गरे नगरेको तथा लाईसेन्स बिल बुक लगाएतका कागजी प्रकृया पुरा गरे नगरेको चेकजाँच गर्नु पर्ने हो ।

यदाकदा तथा कम समयको लागी त्यस्तो चेकजाँच गरेको पनि कमै देख्न पाईन्छ । दुर्घटनास्थल सम्म पुग्दा अथवा सवारीको लापरवाही पत्ता नलाग्दा सम्म सवारी साधन कति पटक चेक जाच हुन्छ ?

के, के चेक जाच गरिन्छ ? प्रहरी प्रशासन मात्रै यसको भागीदार रहन मिल्दैन् । अभिभावक र सवारी धनी पनि त्यत्तीकै दोषी मान्न सकिन्छ् ।

अभिभावकहरुले आफ्नो नानीहरु कुन संगत तथा कहाँ जादै छ भन्ने निगरानी बढाउनु आवश्यक छ भने सवारी धनीले कस्तो ब्यक्तीलाई सवारी साधन प्रयोग गर्न दिदै छु भन्ने सोच्नु समेत अपरिहार्य छ् ।

माहाकाली नगरपालिकामा हिजो र अस्ती भएको छुट्टा छुट्टै सडक दुर्घटनामा परि मृत्यु केवल उदाहरण मात्र हुन ।

सडक दुर्घटनामा मृत्यु हुनेको संख्या दैनिक नभएपनि सडक दुर्घटनामा चोट पटक लाग्नेको संख्यामा भने कमी छैन् ।

आफ्नो जिम्मेवारी र दायित्वलाई गहन रुपमा लिन सबैको दायित्व हो । हामी उच्चस्तरीय, बिलासी तथा आधुनिक साधनहरुको प्रयोगको नाममा सडक दुर्घटनाको शिकार भएका छौं ।

त्यसैले सडक दुर्घटना पूर्ण रुपमा हटाउन नसके पनि यसको निराकरण उपायहरु अपनाउन सकिन्छ् । तपाई हामी जहाँ छौं जस्तो अबस्थामा छौं । त्यहीबाट आवाज उठाऔं र खबरदारी गरौं । हैन भने हाम्रो अमूल्य जीवन क्षणभरमै विलिन हुने भयाबह अवस्था हाम्रो अगाडि छ । त्यसलाई नकार्न सकिन्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here