जमैका पराजित खेलमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन

काठमाडौं, ७ भदौं । क्यारेबियन प्रिमियर लिग सीपीएलमा नेपालका सन्दीप लामिछाने आफ्नो तेस्रो खेलमा पनि उकृष्ट प्रदर्शन गरेका छन् । शनिबार राति भएको खेलमा गुएना वारियर्सविरुद्ध उत्कृष्ट बलिङ गर्दै उनले दुई विकेट लिएका हुन् ।

लामिछानेले चार ओभरमा मात्र ८ रन दिएर दुई विकेट हात पारे । जारी सीपीएलमा सन्दीपको यो चौथो विकेट हो । आबद्ध जमैका तालवाज गुयाना अम्याजन वारियर्ससँग १४ रनले पराजित भएको छ । गुयानाले १९ ओभर एक बलमा अलआउट हुँदै जम्मा एक सय १८ रन बनायो ।

सन्दीपको टिमले एक सय १९ रनको लक्ष्य पनि पूरा गर्न सकेन । उसले २० ओभरमा सात विकेट गुमाएर एक सय चार रन मात्रै बनाउन सक्यो । जमैकाका आन्द्रे रसेलले ५२ रन बनाए पनि अरुले राम्रो रन जोडन सकेनन् ।

बलिङतर्फ मुजिब उर रहमान र ब्रेथवेटेले समान तीन तीन तथा सन्दीपले दुई र रसेलले एक विकेट लिए । जारी प्रतियोगितामा सन्दीपले चार विकेट लिएका छन् । उनले पहिलो र दोस्रो खेलमा एक एक विकेट लिएका थिए ।

तीन खेलमा दुई हार बेहोरेको सन्दीपका टिम पुछारबाट दोस्रो स्थानमा छ । तीन खेलमा दुई खेल जितेको वारियर्स शीर्ष स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here