३४ हजारभन्दा धेरै गैरआवासीय नेपाली कोरोना संक्रमित, ९३ प्रतिशत संक्रमण मुक्त

काठमाडौं, ७ भदौं । संसारका विभिन्न ३८ देशमा कार्यरत ३४ हजारभन्दा धेरै नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा हालसम्म ३१ हजार १ सय १७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा विदेशमा रहेका ३४ हजार ३ सय १ जना नेपालीमा रोग पुष्टि भएको हो ।

गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म संक्रमितमध्ये ९३.५ प्रतिशत अर्थात ३२ हजार २ सय ५३ जना कोरोना मुक्त भएका छन् ।

यो साता विदेशमा १ जनाले मात्र ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता लग्जम्बर्गमा १ जनाको निधन भएको हो ।

गएको साता लग्जम्वर्गमा १ नेपालीको कोरोनाको कारण ज्यान गएको हो ।

समितिका अनुसार शनिबार साँझसम्म विभिन्‍न १६ देशमा १ सय ९२ जना नेपालीहरुको निधन भएको छ ।

स्वास्थ्य समितिका अनुसार यो साता अस्ट्रेलिया, स्पेन, बेल्जियम, भारत, माल्टा, कतार र साउदी अरबलगायत देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ ।

कोरोना भाइरसका कारण बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की नेदरल्यान्ड, स्वीडेन, भारत, साउथ अफ्रिकालगायत १६ देशमा रहेका नेपालीहरुको ज्यान गएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here