कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

काठमाडौं, ७ भदौं । नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंखया मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको हो।

उनका अनुसार मृत्यु हुनेमा झापाका ५८ वर्षीय एक पुरुष, पर्साको ५६ वर्षीया महिला र सर्लाहीको ३३ वर्षीया महिला रहेका छन्।

योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ४९ पुगेको छ।