बाणिज्य बैंकका हरेक शाखाले विदेशी विनिमय कारोबारका लागि लाइसेन्स लिनु नपर्ने

काठमाडौ ७, भदौ । वाणिज्य बैंकका हरेक शाखाले विदेशी मुद्राको कारोबार गर्नु पर्ने भएको छ । राष्ट्र बैकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ मा सो व्यवस्था गरेको हो ।
बैंकले एक पटक विदेशी विनिमय कारोबारका लागि लाइसेन्स लिएपछि सबै शाखामार्फत सो कारोबार गर्न पाइनेछ ।

यसअघि एउटा बैंकका सबै शाखाबाट अनिवार्य रुपमा विदेशी मुद्राको कारोबार गर्नु पर्ने व्यवस्था थिएन ।

अब बाणिज्य बैंकका हरेक शाखाले विदेशी मुदा विक्री, सटही नगरे पनि खरिद भने गर्नु पर्नेछ ।

यसअघि हरेक शाखाले छुट्टाछुट्टै विदेशी विनिमय कारोबारका लागि लाइसेन्स लिनु पर्ने व्यवस्था थियो । सोही कारण बैंकका सिमित शाखाले विदेशी विनिमयको कारोबार गर्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here