कोरोना उपचारका लागि सेभ द चिल्ड्रनले दियो सात आईसीयू भेन्टिलेटर

काठमाडौं, ८ भदौ । सेभ द चिल्ड्रनले ग्लोबल फन्ड परियोजनामार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सात थान मेकानिकल भेन्टिलेटर सहयोग गरेको छ ।
कोभिड –१९ संक्रमण रोकथामका लागि नेपाल सरकारले गरेको प्रयासमा सहयोग गर्न उसले ती भेन्टिलेर सहयोग गरेको बताएको छ ।

ग्लोबल फण्ड प्रोजेक्ट तथा सेभ द चिल्ड्रनको तर्फबाट राजन भट्टराईले ती भेन्टिलेटर मन्त्रालयका कन्ट्री कोअर्डिनेस मेकानिजम (सीसीएम) का अध्यक्ष तथा वष्ठि विशेषज्ञ डा। रोशन पोखरेललाई आइतबार हस्तान्तरण गरेका हुन् ।
भेन्टिलेटरहरु मन्त्रालयको प्राथमिकता अनुसार प्रयोगमा आउने बताइएको छ ।

‘आईसीयू भेन्टिलेटरको अभावलाई सम्बोधन गर्न सेभ द चिल्ड्रन अन्तर्गतको ग्लोबल फन्ड प्रोजेक्टमार्फत नेपाल सरकारको कोभिड–१९ संक्रमण रोकथामको प्रयासलाई थप बलियो बनाउन सात थान भेन्टिलेटर उपलब्ध गराएका छौं । यी भेन्टिलेटर खासगरी महिला तथा बालबालिका र पिछडिएको समुदायको स्वास्थ्य उपचारमा प्रयोग हुनेछ,’ सेभ द चिल्ड्रनका निमित्त डेपुटी राष्ट्रिय निर्देशक विरेन्द्र ठगुन्नाले भने ।

पछिल्लो समय कोभिड–१९ संक्रमणको दर बढिरहँदा संक्रमितको उपचारका लागि भेन्टिलेटरको माग पनि बढ्दै गइरहेको छ ।

यसैबीच कोभिड–१९ संक्रमण नियन्त्रणको सहयोग स्वरुप सेभ द चिल्ड्रनले ग्लोबल फन्ड प्रोजेक्टमार्फत नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशलालाई पीसीआरको नमूना संकलन कार्यमा प्रयोग हुने सामग्री (पीसीआर स्याम्पल एक्स्ट्राक्सन मसिन) पनि उपलब्ध गराएको छ ।

यसका साथै देशभरका परीक्षण ल्याबमा २० हजार थान आरएनए जाँच र २० हजार थान पीसीआर जाँचका लागि उपकरणसमेत उपलब्ध गराएको छ ।

कोभिड – १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित संघीय मन्त्रालय तथा स्थानीय तहसँगको सहकार्यमा मेडिकल तथा यसबाहेकका आपूर्ति, क्वारेन्टिन स्थलको व्यवस्थापन, प्रभावकारी सरसफाई व्यवस्थापनको प्रवद्र्धन र बालबालिका सुरक्षा प्रणाली तथा कोभिड–१९ बाट बच्ने उपाय स्वरुप मिडिया सन्देश प्रवाह गर्ने लगाय कार्य गरेको सेभ द चिल्ड्रनले बताएको छ ।

सम्बन्धितः

सय दिनमा हजार भेन्टिलेटर उपलब्ध गराउने अभियानमा फोनपेको साथ

अक्सिजन र भेन्टिलेटर आवश्यक पर्ने कोरोना संक्रमितलाई मात्र अस्पताल भर्ना गर्छौं : स्वास्थ्य मन्त्री

कोरोना प्रभाव: फाइबर ग्लास,प्रोटेक्टिभ मास्क र भेन्टिलेटर बनाउँदै गाडी उत्पादक कम्पनी

निक साइमन इन्स्टिच्युटले दियो १० पोर्टेबल भेन्टिलेटर र एक हजार पीपीई

जनस्वास्थ्य विज्ञको सुझाव: निषेधाज्ञाको अवधिमा सरकारले यी काम गरोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here