नेप्से परिसूचक २१.११ अंकले बढ्यो, २ अर्ब १३ करोड बढीको कारोबार

काठमाडौं, ८ भदौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आइतबार १२.७७ अंकले बढेर कारोबार बन्द भएको नेप्से परिसूचक सोमबार २१.११ अंकले बढेर १४३१.४५ बिन्दुमा पुगेको हो ।

यसदिन १८२ कम्पनीको २ अर्ब १३ करोड ९२ लाख २ हजार ७५ रुपैयाँ बराबरको कारोबार भएको छ । ४९ लाख २४ हजार २८९ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ११ समूहको परिसूचक उकालो लागेका छन् भने १ समूहको परिसूचक ओरालो लागेको छ । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १६२.८७ अंकले बढेको छ ।

निषेधाज्ञा बीच खुलाइएको बजारमा ब्रोकर कार्यालय बन्द भएपछि अनलाइनबाटै सेयर कारोबार भएको छ ।

अघिल्लो पटक लकडाउन हुँदा सेयर बजार करिब ३ महिना बन्द भएको थियो । तर, यसपटक नेप्सेले अनलाइनबाटै भए पनि कारोबार गर्ने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here