कोरोना नियन्त्रणमा उच्चभूमिका खेल्नेलाई माहाकाली नगरपालिको सम्मान

दोधारा, ९ भदौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा माहाकाली नगर क्षेत्रमा ठूलो योगदान रहेको भन्दै माहाकाली नगरपालिकाले सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारी सम्मान गरेको छ ।

प्रहरी निरिक्षक भण्डारीलाई सम्मान पत्र, मायाको चिनो तथा दोसल्ला सहित आज माहाकाली नगरपालिका कार्यालयमा फुलमाला सहित सम्मान गरिएको माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले जनाएका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण रोकथामका लागि नेपाल सरकारले देश भरीनै २०७६ चैत्र १० गते देखि लकडाउनको घोषणा गर्यो ।

माहाकाली नगरपालिकामा करीब ३० देखि ३५ किलोमिटर सम्म नेपालसँग सीमा जोडिएको खुला सीमाना प्रयोग गरेर माहाकाली नगरपालिका र अन्य पालिकाका नागरिकहरु अबैध रुपमा भित्रिने क्रम बढे संगै लकडाउनको अवधिमा करीब २० देखि २५ हजार नेपाली नागरिकहरु खुला नाका प्रयोग गरेर भित्रिदा प्रहरी निरिक्षक राम सिंह भण्डारीले खेलेको भुमिकाको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको हो । ‘

माहाकाली नगरपालिका, दोधारा चा“दनी सशस्त्र प्रहरी बल नेपाल बोडर आउटमा मिति २०७६/०५/१३ गते देखि २०७७/०५/०५ सम्म कार्यरत रहि यस नगरपालिकाको शान्ती सुरक्षा कायम गर्न र हाल बिश्वनै आक्रान्त रहेको कोभिड १९ को नियन्त्रण तथा ब्यवस्थापन कार्यमा अहोरात्र खटिई महत्वपुर्ण योगदान पु-याउनु भएको प्रहरी निरिक्षक राम सिंह भण्डारीको उच्च प्रशंसा गर्दै यो सम्मान पत्र प्रदान गरिएको छ्’ प्रशंसा पत्रमा भनिएको छ् ।

सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीले कोरोना भाइरसको कारण भारतमा रोजगारी गुमाएर सिमा क्षेत्रमा भारतिय सुरक्षाकर्मीहरुबाट कुटिदै पिटिदै सिमा क्षेत्रमा अलपत्र परेका उद्धार संग भारतिय सुरक्षा अधिकारी संग नेपाली नागरिकलाई नेपाल भित्र्याउने उनिहरुको ब्यवस्थापन अथक प्रयास गरेको भन्दै सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारी माहाकाली नगरपालिकाले उनलाई सम्मान गरिएको माहाकाली नगरपालिकाका नगर प्रमुख सुनारले बताएका छन् ।

माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, उपप्रमुख चिनी ओझा गिरी, प्रमुख प्रशासकिय अधिकृत गणेश मिश्रले सम्मान पत्र प्रदान गरेका हुन् ।

माहाकाली नगरपालिकामा झण्डै १ वर्षको बसाईमा सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीले रु। ७२ लाख भन्दा बढी अबैध समानलाई भन्सार बुझाएका हुन् ।

सशस्त्र प्रहरी बिभागमा माहाकाली नगरपालिका क्षेत्रको यो ऐतिहासिक हो । आफ्नो एक वर्षको कार्यकालमा प्रहरी निरिक्षक राम सिंह भण्डारीले माहाकाली नगरपालिकाका जनताको सुरक्षा र सशस्त्र प्रहरीको सम्मानकै कार्य गरेको भन्दै प्रहरी निरिक्षक भण्डारीलाई माहाकाली नगरपालिकाले सम्मान गरेको माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् ।

कार्यक्रममा बोल्दै माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले कोभिड १९ को बेला सशस्त्र प्रहरी बिभागले साच्चै यस क्षेत्रको लागी जनतामुखी प्रखर प्रहरी निरिक्षक खटाएको भन्दै सशस्त्र प्रहरी बिभागले समेत प्रहरी निरिक्षक भण्डारीको उचित मुल्यांक सहित सम्मान गर्नु पर्ने बताएका छन् ।

आफ्नो ज्यानको बाजी राखेर अहोरात्र जनताको सेवामा खटिएर कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा कसिलो कमाण्ड गरेको कारण माहाकाली नगरपालिकाका स्थानियहरुले प्रहरी निरिक्षकलाई सामाजिक संजालमा प्रशंसा गर्दै आएका थिए ।

सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीले माहाकाली नगरपालिकाका जनता र जनप्रतिनिधी लगाएतको सबैको सहयोग तथा मयााकै कारण आफु र आफ्नो टिमले राम्रो काम गर्ने प्रयत्न गरेको बताएका छन् ।

माहाकाली नगरपालिकाका जन्रतिनिधी तथा जनताले मेरो कमाण्डलाई रुचाएर सम्मान गरेको भन्दै सबैलाई धन्यबाद दिदै बिभागको निर्देशन संग आमजनताको सेवा र सुरक्षाको लागी निरन्तर खटिने बताएका छन् ।

माहाकाली नगरपालिका कार्यालयले आयोजना गरेको सम्मान, बिदाई र स्वागत कार्यक्रममा एक वर्षको दौरानमा प्रहरी निरिक्षक राम सिंह भण्डारीले गरेको कामको मुल्यांक, प्रहरी निरिक्षक राम सिंह भण्डारीको बिदाई तथा सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चा“दनीमा आगमन भएका नव सशस्त्र प्रहरी निरिक्षक कृष्ण बहादुर बोहरालाई स्वागत गरिएको थियो ।

कार्यक्रममा माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, उपप्रमुख चिनी ओझा गिरी, माहाकाली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश मिश्र, माहाकाली नगरपालिकाका कर्मचारी, वडा अध्यक्ष तथा स्थानियहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम संचालन माहाकाली नगरपालिका कार्यालयको कार्यक्रम संयोजक भानदेब भट्टले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here