नेप्से परिसूचक ९.३४ अंकले बढ्यो, १ अर्ब ८५ करोड बढीको कारोबार

काठमाडौं, ९ भदौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक सामान्य अंकले बढेको छ । सोमबार २१.११ अंकले बढेर कारोबार बन्द भएको नेप्से परिसूचक मंगलबार ९.३४ अंकले बढेर १४४०.९४ बिन्दुमा पुगेको हो ।

यसदिन १८९ कम्पनीको १ अर्ब ८५ करोड ५१ लाख ८० हजार ५१० रुपैयाँ बराबरको कारोबार भएको छ । ३९ लाख ४० हजार ६९१ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ९ वटा समूहको परिसूचक उकालो लागेका छन् भने ३ समूहको परिसूचक ओरालो लागेका छन् । आज जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १५१.७३ अंकले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here