काठमाडौं, ९ भदौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप २ सय ३२ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा १ सय ९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय १८ पुगेको छ।
त्यसैगरि, काठमाडौंमा २ हजार ९५५, ललितपुरको ४६३ र भक्तपुरमा ३०० संक्रमित पुगेका छन्।