काठमाडौं, ९ भदौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट काठमाडौंका तीन जनासहित थप सात जनाको मृत्यु भएको हो ।
कोरोना संक्रमणबाट मृत्यु हुनेमा काठमाडौंका ७४ र ६६ वर्षीय पुरुष तथा ७१ वर्षीया महिला, सिरहाका २२ वर्षीय पुरुष, पर्साका ६८ वर्षीय पुरुष, धनुषाका ७६ वर्षीय पुरुष र रुपन्देहीका ५३ वर्षीय पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ।






















