थप ३ सय १३ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या १९ हजार नाघ्यो

काठमाडौँ, ९ भदौ । नेपालमा थप ३ सय १३ जनाले कोरोना जितेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ३ सय १३ जना कोरोनामुक्त भएको जानकारी दिए ।

योसहित निको हुनेको संख्या १९ हजार १ सय १९ पुगेको छ ।

अब नेपालमा १२ हजार दुई सय ५० जना सक्रिय सक्रमित रहेका छन् । तीमध्ये पाँच हजार ६ सय ६९ होम आइसोलेशन र आठ हजार पाँच सय ८१ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।

यस्तै १० हजार चार सय ५३ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here