एनआरएन इन्फ्रास्टक्चरको सेयर बुधबारदेखि कारोबार, ओेपनिङ रेन्ज कति ?

काठमाडौं, ९ भदौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको सेयर नेप्सेमा सूचीकरण भएको छ ।

नेप्सेमा मंगलबार एनआरएनको १ करोड १३ लाख २६ हजार ८२१ कित्ता साधारण सेयर सूचीकृत भएसँगै बुधबारबाट कारोबारमा आउने भएको हो।

नेप्सेले यो कम्पनीको सेयर कारोबारका लागि ओपनिङ रेन्ज १०२.०६ रुपैयाँदेखि ३०६.१८ रुपैयाँ तोकेको छ भने कारोबार संकेत तोकेको छ ।

नेप्सेले पहिलो कारोबारका लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ । कम्पनीको सेयर बुधबारदेखि नेप्सेमा खरिद-बिक्री गर्न सकिनेछ ।

यो कम्पनी गत साउन १६ गतेदेखि साउन २१ गतेसम्म रु. १०० अंकित दरका कुल ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ निष्कासन गरेको थियो।

जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको थियो भने २ प्रतिशत अर्थात् ६७ हजार ९६१ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको थियो। बाँकी ३१ लाख ६० हजार १८३ कित्ता सर्वसाधारणका लािग छुट्याइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here