उपत्यकामा जारी निषेधाज्ञा भदौ १७ गतेसम्मको लागि बढाउन सिफारिस

काठमाडौं, ९ भदौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ १७ गतेसम्मको लागि थप हुने भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखको बैठकले भदौ १० गतेसम्मको निषेधाज्ञालाई सात दिन थप गर्न सिफारिस गरेको हो ।

उपत्यकाका तीन जिल्लाको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले १० गतेसम्मको निषेधाज्ञा एक साता थप गर्ने निर्णय गर्दै सिफारिस गृहमन्त्रालयमा पठाएको छ। सिफारिसबारे औपचारिक निर्णय हुन बाँकी नै छ।

बैठकमा सहभागी एक सुरक्षा अधिकारीका अनुसार सिफारिस स्वीकृत भए लगत्तै उपत्यकामा भदौ १७ गते राति १२ बजेसम्म निषेधाज्ञा रहने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here