कोरोना संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु

काठमाडौं, १० भदौं । कोरोना संक्रमणका कारण काठमाडौंका थप एक जनाको मृत्यु भएको छ।

ललितपुरको पाटन अस्पतालमा उपचाररत काठमाडौं निवासी ५४ वर्षीय पुरुषको मृत्यु भएको हो।

५४ वर्षीय पुरूषको मंगलबार राति साढे ९ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

उनलाई गत साउन २३ गते अस्पताल भर्ना गरिएको थियो। निमोनियाको समस्या देखिएको उनलाई पछि कोरोना पोजेटिभ देखिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here