नेप्से दोहोरो अंकले बढ्यो, २ अर्ब ६५ करोड बढीको कारोबार

काठमाडौं, १० भदौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

मंगलबार ९.३४ अंकले बढेर कारोबार बन्द भएको नेप्से परिसूचक बुधबार २१.१० अंकले बढेको १४६२.०३ बिन्दुमा पुगेको हो ।

यसदिन १८६ कम्पनीको २ अर्ब ६५ करोड ६१ लाख ६३ हजार ७३० रुपैयाँ बराबरको कारोबार भएको छ । ५८ लाख ८२ हजार १०१ कित्ता सेयर किनबेच भएका छन् ।

पुर्णरुपमा स्वचालित अनलाईन कारोबार शुरु भएयताको यो कारोबार सर्वाधिक उच्च कारोबार हो ।

कारोबारमा आएका १२ वटा समूहमध्ये १० वटा समूहको परिसूचक उकालो लागेका छन् भने २ समूहको परिसूचक ओरालो लागेका छन् ।

निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ५१.६२ अंकले बढेको छ भने जीवन बीमा समूहको परिसूचक १७.९२ अंकले घटेको छ ।

आज पनि लगानीकर्ताको रोजाइमा नेपाल पुनर्बीमा कम्पनीको सेयर परेको छ । यसको आज सबैभन्दा धेरै ३४ करोड ९२ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।

आज दुई कम्पनीको मूल्यमा सर्किट लागेको छ । आजैदेखि कारोबारमा आएको एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले सबैभन्दा धेरै १० प्रतिशतले नाफा कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here