काठमाडौं, ११ भदौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा दुईजना इन्सपेक्टर सहित २२ प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।
वृत्तमा कार्यरत अधिकृतसहित २२ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मनमैजु हत्या प्रकरणका आरोपितलाई कोरोना भाइरसको संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा प्रहरी अधिकारीहरुको स्वाब संकलन गरिएको थियो ।
त्यसमा २२ जना प्रहरी अधिकारीको रिपोर्ट पोजेटिभ आएको हो ।