सुनचाँदीको भाउ बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं, ११ भदौं । सुनचाँदीको भाउ बढेको छ । बिहीबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९७ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन पनि आठै सयले बढेर तोलाको ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार तोलामा ४ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९६ हजार ८ सय रुपैयाँमा झरेको थियो ।

यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । विहिबार चाँदी तोलाको एक हजार तीन सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here