सामान्य अंकले घट्यो नेप्से, १ अर्ब ९८ करोडको कारोबार

काठमाडौं, ११ भदौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक सामान्य अंकले घटेको छ ।

बुधबार २१.१० अंकले बढेको बजार बन्द भएको नेप्से परिसूचक बिहिबार ४ अंकले घटेर १४५८.०३ बिन्दुमा पुगेको हो ।

यसदिन १८८ कम्पनीको १ अर्ब ९८ करोड १७ लाख ६१ हजार ५० रुपैयाँ बराबरको कारोबार भएको छ । ४९ लाख ६७ हजार ४०३ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ३ वटा समूहको परिसूचक उकालो लागेका छन् भने ९ समूहको परिसूचक ओरालो लागेका छन् ।
आज उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै ४१.१६ अंकले बढेको छ भने लघुवित्त समूहको परिसूचक २३.५० अंकले घटेको छ ।

एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले सबैभन्दा धेरै करिब १० प्रतिशतले नाफा कमाएका छन् ।

लगानीकर्ताको रोजाइमा नेपाल पुनर्बीमा कम्पनीको सेयर परेको छ । यसको सबैभन्दा धेरै २३ करोड ९२ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नेको र शिवम् सिमेन्टको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here