उपत्यकामा ४ सय १५ जना कोरोना संक्रमित थपिए

काठमाडौं, १२ भदौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय १५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार शुक्रबार ४ सय १५ जना कोरोना संक्रमित उपत्यकामा थपिएका हुन् ।

थपिएकाहरुमा काठमाडौंमा ३ सय ५० जना, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here