कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या १९५ पुग्यो

फाइलफोटो

काठमाडौं, १२ भदौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार मृत्यु हुनेमा ४ महिला र ८ पुरुष रहेका छन् ।

मृत्यु हुनमा मोरङका ५६ र ६५ वर्षीया दुई जना, भक्तपुरमा ६४ वर्षीया एकजना र मकवानपुरकी ७१ वर्षीया एकजना गरी चारजना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

त्यसैगरी उदयपुका ५२ वर्षीय एक जना, पर्साका ७२ वर्षीय एकजना, धनुषाका ४५ वर्षीय एकजना, सिरहाका ५५ वर्षीय एकजना, झापाका ८३ वर्षीय एकजना, चितवनका ५१ वर्षीय एकजना, कास्कीका ५२ वर्षीय एकजना र रुपन्देहीको ६० वर्षीय एकजना गरी आठजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सहित नेपालमा कोेरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here