समाज लघुवित्तको आइपीओ सोमबार बाँडफाँड, ५ लाख ३९ हजारको हात खाली

काठमाडौं, १२ भदौं । समाज लघुवित्तको आइपीओ सोमबार बाँडफाँड हुने भएको छ ।

शुक्रबार नै बाँडफाँट गर्ने तयारी गरेको भए पनि नेपाल धितोपत्र बोर्डबाट अनुमति नपाउँदा रोकिएको छ ।

कम्पनीले भदौ ४ गतेदेखि ८ गतेसम्म ८० लाख ७० हजार रुपैयाँ बराबरको ८० हजार ७०० कित्ता सेयरका लागि आवेदन खुलाएको थियो । कम्पनीको आईपीओ शुक्रबार भएको प्रि-अलोटमेन्टमा ५ लाख ४७ हजार ३७० वटा आवेदन भेरीफाइ भएको छ ।

उक्त आवेदन मध्येबाट ८ हजार ७० आवेदकलाई गोलाप्रथाबाट १० कित्ता सेयर बाँडफाँट हुनेछ भने बाँकी रहेका ५ लाख ३९ हजार ३०० आवेदकले भने आईपीओ पाउने छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here