हरेक स्थानीय तहमा अस्पताल सेवा शुरु गर्ने सरकारको घोषणा

काठमाडौं, १३ भदौ । सरकारले प्रत्येक स्थानीय तहमा अस्पताल सेवा शुरु गर्ने घोषणा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले शुक्रबार सबै स्थायनीय तहमा अस्पताल सेवा प्रारम्भ गर्ने निर्णय गरेका हुन् ।

अस्पताल नभएका ६ सय ४९ तहमा ५ शैयाको अस्पतालको सेवा तत्कालै सुरू हुने मन्त्रालयले बताएको छ ।

आवश्यक औजार र उपकारण खरिदका लागि शुक्रबार नै ६४ करोड रुपैयाँ निकासा भएको छ ।

यस्ता अस्पतालमा तत्कालै कम्तिमा एक जना एमबिबिएस गरेको चिकित्सक, दुई जना नर्स र अन्य स्वास्थ्यकर्मी हुनेछन ।

यसको व्यवस्थापन स्थानीय तहले गर्नेछन भने अस्पताल कहाँ सञ्चालन गर्ने भन्ने निर्णय गर्ने अधिकार पनि स्थानीय तहलाइ नै दिइएको छ ।

यसैबीच, निजी तथा सामूदायिक अस्पताललाइ कोभिड अस्पतालको रूपमा व्यवस्थापन गर्ने गरी मन्त्री ढकालले नीतिगत निर्णय पनि गरेका छन् ।

सम्बन्धितः

सबै अस्पताल कोभिड अस्पतालमा परिणत, लक्षण भएका संक्रमित मात्रै भर्ना

कोरोनाको शंका छ ? उपत्यकाका यी १४ अस्पतालमा गएर दिनुहोस् स्वाब

अक्सिजन र भेन्टिलेटर आवश्यक पर्ने कोरोना संक्रमितलाई मात्र अस्पताल भर्ना गर्छौं : स्वास्थ्य मन्त्री

लक्षणको आधारमा कोरोना संक्रमितलाई अस्पताल भर्ना गरिने, लक्षण नदेखिएका घरमै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here