महिला सहयात्राले १७.५ प्रतिशत लाभांश दिने, बोनस सेयरको हिस्सा १० प्रतिशत

काठमाडौं, १३ भदौ । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले १७.५ प्रतिशत लाभांश दिने भएको छ ।

चित्लाङ्ग मकवानपुरमा केन्द्रीय कार्यालय रहेको सो संस्थाको सातौँ वार्षिक साधारण सभाले ७.५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर सहित १७.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

गत २०७६ चैत्र २२ गते हुने भनिएको साधारण सभा कोभिड १९ को कारण स्थगन भई २०७७ भाद्र १३ गते सनिबार सम्पन्न भएको छ ।

सभाले आव २०७५/०७६ को मुनाफाबाट नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृत भए बमोजिमको चुक्ता पुँजी रु. १२ करोड १० लाखको साथै संस्थाको हालको अधिकृत पुँजी रु. २० करोडमा बृद्धि गरी ४० करोड पुर्याउने बिशेष प्रस्ताव समेत पारित गरेको छ ।

बोनस पश्चात संस्थाको चुक्ता पुँजी रु. १३ कारोड ३१ लाख हुने छ ।

राष्ट्रियस्तरको सो लघुवित्त संस्थाले ३४ वटा शाखा कार्यालयहरु मार्फत ३५ हजार भन्दा बढी सदस्यहरुलाई लघुवित्त सेवा तथा ग्राहक सदस्यहरुलाई स्वरोजगारका लागि लघुउद्यम तालिम प्रदान गर्दै महिला उद्ममशिलता विकासमा जोड दिंदै आएको छ ।

संस्थाले २०७७ असार सम्म रु. ३३ करोड ४१ लाख निक्षेप परिचालन गर्नुका साथै रु. १ अर्ब ४१ करोड कर्जा परिचालन गरेको छ ।

सम्बन्धितः

समाज लघुवित्तको आइपीओ सोमबार बाँडफाँड, ५ लाख ३९ हजारको हात खाली

स्वावलम्बन लघुवित्तद्धारा कोरोना कोषमा थप १ करोड ३२ लाख सहयोग

एनआईसी एशिया र स्वदेशी लघुवित्तबीच मर्जर सम्झौता, सेयर कारोबार रोक्का

लघुवित्त एक आपसमा गाभिँदा के-के पाउँछन् सहुलियत ?

लघुवित्तलाई फोर्स मर्जरमा लैजाने, हकप्रद निष्कासनमा रोक (पूर्णपाठ)

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here