काठमाडौं, १३ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा गरिएको १० हजार ९ सय ७१ पीसीआर परीक्षणमा ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३७ हजार ३४० जना पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ३१३ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म २० हजार ५ सय ५५ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।