उपत्यकामा १ सय ८६ जना कोरोना संक्रमित थपिए

काठमाडौं, १३ भदौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ८६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा १५५ , ललितपुरमा १९ र भक्तपुरमा १२ कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ९७ पुगेको छ।

त्यसैगरि, काठमाडौंमा ३ हजार ९ सय ६०, ललितपुरका ६०६ र भक्तपुरमा ४३१ संक्रमित पुगेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here