एकैदिन थप १२ जना कोरोना संक्रमितको मृत्यु

प्रतिकात्मक तस्बिर

काठमाडौं, १३ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार ३ महिला र ९ पुरुष गरी १२ जना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाल्पामा ३० वर्षीया महिला, काठमाडौंमा ५१ वर्षीया महिला र ८३ वर्षीय पुरुष, भक्तपुरमा ६२ वर्षीया महिला र ८२ वर्षीय एक पुरुष रहेका छन् ।

यस्तै, पाल्पामा ४८ र ३९ वर्षीय पुरुष, सिरहामा ८४, गोरखामा ३८, कास्कीमा ५८, ललितपुरमा ७२ र ६१ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here