कोरोनाले यो साता विदेशमा थप ३ जना नेपालीको ज्यान लियो, मर्नेको संख्या ४१० पुग्यो

काठमाडौं, १४ भदौ । विश्वव्यापी महामारी कोरोनाभाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिवार साँझसम्म विदेशमा मात्र १६ देशमा १ सय ९५ जना नेपालीहरुको निधन भएको हो । समितिका अनुसार यो साता बेलायतमा १ जना र युएईमा २ जनाको ज्यान गएको छ ।

स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार साउथ अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ ।

अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड–१९ को दोस्रो वेभ (दोस्रो लहर) सुरु भएपछि नेपाली समुदायमा संक्रमण सामान्य रुपमा बढेको हो । हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरोना भाइरसका कारण नेपालसहित बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथ अफ्रिका लगायत १७ देशमा रहेका नेपालीहरुको मृत्यु हो ।

हाल सम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार ७ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । ३२ हजार ५ सय ११ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।

यस्तै नेपालमा ३७ हजार ३ सय ४० जना कोरोना भाइरसबाट संक्रमित भएका छन भने ती मध्ये २० हजार ५ सय ५५ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमित मध्येको ५५ प्रतिशत हो ।

शनिबार साँझसम्म नेपालमा २ सय १५ जनाको कोरोनाका कारण ज्यान गएको छ । योसँगै नेपालसहित विश्वभर कोरोना संक्रमणका कारण हाल सम्म ४ सय १० जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ ।

डा सापकोटाले कोरोना संक्रमणका क्रममा मनोबल उच्च राख्न समेत आग्रह गर्दै आफूलाई पहिलो प्राथमिकतामा राखेर सर्तकता अपनाउन भनेका छन् ।

त्यस्तै, मानसिक तनावबाट सकेसम्म मुक्त हुन एक्लो नबस्न, साथीभाइसँग कुराकानी गर्न, गीतसंगित सुन्न र योग तथा ध्यान गर्न समेत उनले अनुरोध गरेका छन् ।

सम्बन्धितः

गैरआवासीय नेपाली संघलाई आईएलओको ५ करोड १० लाख, सहयोग श्रमिकको हितमा खर्च हुने

‘पीसीआर कोरोनाको अचुक औषधि होइन्, परीक्षण गर्न भनसुन नगरौं’

७१ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि, कुन प्रदेशमा कति ?

वैदेशिक रोजगारीमा रहेका ८० प्रतिशत श्रमिक तत्काल नेपाल फर्कन इच्छुक

कोरोनासँग लड्न वेलायतले ७ अर्ब सहयोग दिने, थप सहयोग गर्न पनि तयार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here