भद्रकालीस्थित सेनाको हेडक्वार्टरका एक सिपाहीले गरे आत्महत्या

काठमाडौं, १४ भदौं । भद्रकालीस्थित नेपाली सेनाको हेडक्वार्टरका एक सिपाहीले गोली हानेर आत्महत्या गरेका छन् ।

त्यहाँस्थित रिपुमर्दिनी पेट्रोल पम्पमा ड्युटी गर्ने तनहुँ घर भएका ती सिपाहीले आइतबार बिहान ३ बजे ड्युटीमै आत्महत्या गरेको बताइएको छ ।

प्रहरीको अनुसार आत्महत्या गर्ने सिपाही तनहुँ साबिक रानीपोखरी गाविस ६ घर भएका २७ वर्षीय दामोदर क्षेत्री हुन्।

उनले आफूले बोकेको एसएलआर राइफलबाट गोली चलाएको देखिएको प्रहरीले जनाएको छ । उनी ९ वर्षदेखि नेपाली सेनामा कार्यरत थिए। उनी राति १२ बजेदेखि ड्युटीमा थिए।

उनको घटनास्थलमै मृत्यु भएको थियो। मृत्युपछि महानगरीय अपराध महाशाखा र सिंहदरबार वृत्तको टोली घटनास्थलमा गएको थियो। मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here