एकैदिन थप १४ जना कोरोना संक्रमितको मृत्यु

फाइलफोटो

काठमाडौं, १४ भदौं । गत २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा १० पुरुष र चार महिला रहेका छन्।

सुनसरीका ७४ वर्षीय, बाराका ४७, महोत्तरीका ६२ र काठमाडौंको ७२ वर्षीय महिला संक्रमितको मृत्यु भएको छ।

त्यसैगरी, सुनसरीका ६० वर्षीय मोरङको ६२ वर्षीय, महोत्तरीका ७० र ३५ वर्षीय, रौतहतका ३० वर्षीय, ललितपुरको २९ वर्षीय, भक्तपुरको ६५, नवलपरासीको ६२ वर्षीय र रुपन्देहरीको ५७ र ७६ वर्षीय पुरुष संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२१ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here