होम आइसोलेसनमा थप एक जना कोरोना संक्रमितको मृत्यु

फाइलफोटो

काठमाडौं, १५ भदौं । होम आइसोलेसनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

संक्रमित राख्न अस्पतालहरुमा पर्याप्त बेड र जनशक्तिको अभाव हुँदै गएपछि होम आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुको घर–घरमै मृत्यु हुन थालेको हो ।

तिलोत्तमा नगरपालिका–५ की ६८ वर्षीया महिलाको आइतबार राति घरमै मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि ती महिला होम आइसोलेसनमै बसेकी थिइन् । उनको भदौ ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसअघि आइतबार भक्तपुरमा पनि एकजना कोरोना संक्रमितको घरमै मृत्यु भएको थियो । भक्तपुर नगरपालिका–१ दूधपाटीका सङ्क्रमित ६५ वर्षीय पुरूषको होम आइसोलेसनमा मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here