नेप्से २२.३१ अकंले बढ्यो, ३ अर्ब ४६ करोडको कारोबार

काठमाडौं, १५ भदौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

आइतबार ४.६४ अंकले बढेर बजार बन्द भएको नेप्से परिसूचक सोमबार २२.३१ अंकले बढेको १४८४.९९ बिन्दुमा पुगेको हो ।

यसदिन १८९ कम्पनीको ३ अर्ब ४६ करोड २५ लाख ८६ हजार १२५ रुपैयाँ बराबरको कारोबार भएको छ । ७७ लाख ६३ हजार ५६ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ११ वटा समूहको परिसूचक उकालो लागेका छन् भने होटल समूहको सूचक ओरालो लागेको छ । यो लकडाउन यताकै सर्वाधिक कारोबार हो ।

कारोबार भएका मध्ये ११७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३४ वटा कम्पनीले गुमाएका छन् । यसमध्ये ८ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

आज पनि सर्वाधिक कारोबार गर्नेमा पुर्नबिमा कम्पनी बनेको छ । जसको झण्डै २९ करोडको कारोबार भएको छ भने नेको इन्स्योरेन्स कम्पनी १७ करोड ७८ लाख कारोबार भएर दोस्रो स्थानमा रहेको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड ८१ लाख भन्दा बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here