काठमाडौं, १५ भदौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ९८ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार काठमाडौंमा १ सय ९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ संक्रमित थपिएका हुन् ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय २४ पुगेको छ। काठमाडौंमा ४ हजार छ सय २२, ललितपुरका ६५९ र भक्तपुरमा ५४३ संक्रमित पुगेका छन्।